२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

ट्रकको ठक्करबाट सैनामैनामा मर्निङवाक हिडेका युवकको मृत्यु

शुक्रवार , भाद्र १२, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १२ भदौ ।
    रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा ट्रकको ठक्करबाट १८ वर्षिय युवकको मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी निवासी विनोद वि.क.लाई शुक्रबार विहान ५ बजे मर्निङ वाकमा गएका बेला ट्रकले ठक्कर दिएको हो ।

    वीरगंजदेखि पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका वि.क.को उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

    ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।