गुल्मी ११ भदौ। गुल्मी जिल्लामा जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे बाट हट्ने भएको छ । छिमेकी जिल्लाहरुमा कोरोना स्रकमितका बिरामी बढ्दै जान थालेपछि एक हप्ता अघि जिल्लामा निषेधाज्ञा घोषणा गरिएको थियो ।
पछिल्लो समय गुल्मी जिल्लामा कोरोना स्रक्रमितका बिरामी कम देखिन थाले पछि आज बसेको आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सल्लेरी बताए । जिल्ला खुलेतानि छिमेकी जिल्ला संग जोडिएका सिमा नाका भने ठप्प हुने छन ।
गुल्मी जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्टको नतिजा अथवा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने छ । साथै सिमा नाकामा थप कडाई र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गरेका छन ।
साझ ८ बजे सम्म गुल्मी जिल्लामा तीन सय ६७ जना कोरोना स्रकमित भेटिएका छन भने अहिले चार जना मात्र आईशोलेशनमा रहेका छन । अन्य सबै निको भएर घर फर्कीसकेका जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले बताए । कोरोना स्रकमणबाट तीन जना गुल्मेलीले ज्यान गुमाईसकेका छन ।
अब गुल्मीमा लक डाउनको मोडालिटी यस्तो छ ।