
शुक्रवार , भाद्र १२, २०७७
प्यूठान, १२ भदौ ।
प्यूठानको गौमुखी–७ नारीकोटकाकी मायाँ सुनार (विश्वकर्मा) को हत्यामा संलग्न भएको आरोपमा श्रीमान् हरि वि.क.सहित ३ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्।
प्यूठान जिल्ला अदालतले बिहीबार श्रीमान हरिसहित ५९ वर्षिय ससुरा पुट्के कामी र छिमेकी १९ वर्षिय पवन भन्ने महेन्द्र सार्की)लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतले पुट्केलाई १ लाख ५० हजार र महेन्द्रलाई एकलाख धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई कारागार पठाएको हो ।
गत साउन १४ गते घरायसी विवाद हुँदा श्रीमती माया सुनार (विश्वकर्मा) लाई घाँटी थिचेर हत्या गरेको आरोपमा हरि वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । मृतक मायालाई अभियुक्तले कुटपिट गरी झिमरुक नदीमा लगेर फालेको अनुसन्धानमा पाइएको छ ।
हत्यामा तीनै जनाको संलग्नता देखिएकोले कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय प्यूठानको रायको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij