२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निषेधाज्ञा खुकुलो भएसंगै बेलहिया–सुनौली नाकामा चहलपहल बढ्यो (फोटो फिचर)

मंगलवार , आषाढ १५, २०७८

भैरहवा १५ असार । 
रुपन्देहीमा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले रुपन्देही जिल्लाभित्र जोर–विजोर प्रणाली लागू भएदेखि सिमानाका पारी सुनौलीमा पनि भिडभाड देखिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबारदेखि सार्वजनिक यातायातमा जोर–विजोर प्रणाली लागू गरेर सवारीसाधन सञ्चालन भएसंगै बेलहिया र सुनौली नाकामा मानिसको चहलपहल बढेको छ ।

सार्वजनिक यातायात जोरविजोर प्रणालीमा सञ्चालन भए पनि सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेशलाई पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । अत्यावश्यक औषधी खरीद गर्नका लागि नेपालीहरु भारतीय नाका सुनौली जाने गरेका छन् । रुपन्देहीमा निषेधाज्ञालाई थप खुकुलो भएसंगै मानिसहरुको चहलपहल बढेको हो ।

IMG_8506.jpgIMG_8507.jpgIMG_8508.jpgIMG_8510.jpgIMG_8513.jpgIMG_8515.jpgIMG_8516.jpgIMG_8518.jpgIMG_8526.jpg