२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा शनिबार थपिए १५ कोरोना संक्रमित

शनिवार , भाद्र १३, २०७७

भैरहवा, १३ भदौ ।
रुपन्देहीमा शनिबार १५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ७ महिला र ८ जना पुरुष छन् । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ८८० पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बेलुकी ४ः३० बजेसम्म बुटवल उपमहानगरपालिकामा ३, सिद्धार्थनगर नगरपालिकामा ७, ओमसतिया गाउँपालिकामा २, तिलोत्तमा नगरपालिकामा २ र रोहिणी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नेशनल प्याथ ल्याब बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले बताए ।

रुपन्देहीमा कोरोना संक्रमित भइ निको हुनेको संख्या ३६० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमण पुष्टि भइ ४ सय ९० जना उपचारत छन् । त्यसै गरी कोरोना संक्रमणबाट रुपन्देहीमा हालसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।