२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४४ वर्षपछि पक्राउ

बिहिवार , आषाढ १७, २०७८

भैरहवा, १७ असार । 
प्रहरीले ४४ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देहीको साविक बलरामपुर गा.वि.स.–७ हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–२ बस्ने ७० वर्षिय चिनगुद चाई र सोही स्थानका ७० वर्षिय कप्तान चाईलाई प्रहरीले पक्राउ गरेको हो ।

२०३४ साल जेठ २३ गते राती ओरी अहिर र कृष्ण प्रसाद अहिरलाई हत्या गरेको अभियोगमा अदालतले चिनगुद र कप्तानलाई दोषी ठहर गरेको थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०४० साल वैशाख ८ गतेको फैसलाले जन्मकैद सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार इलाका प्रहरी कार्यालय मझंगावाबाट खटिएको प्रहरी टोलीले लामो समयसम्म उनीहरुको आफ्नै घरबाट लुकिछिपी रहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । उनीहरुलाई बुधबार रुपन्देही जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ गतेदेखि प्रहरीले ‘फरार प्रतिवादीविरुद्धको अप्ररेशन कार्यक्रम’ सञ्चालन गरेको छ ।   जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका २१ जनालाई हालसम्म पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।