images

शुक्रवार, बैशाख १४ गते २०८१

शिक्षक महासंघको प्रश्न : खोप नलगाई विद्यालय कसरी चलाउने ?

शिक्षक महासंघको प्रश्न : खोप नलगाई विद्यालय कसरी चलाउने ?

images
images
images
शुक्रवार, आषाढ १८ २०७८
शुक्रवार, आषाढ १८ २०७८
  • शिक्षक महासंघको प्रश्न : खोप नलगाई विद्यालय कसरी चलाउने ?

    भैरहवा, १८ असार ।
    नेपाल शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई अविलम्ब कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । महासंघले उक्त माग गर्दै शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयमा धर्ना दिएको छ ।

    images

    शिक्षक महासंघले कोभिडविरुद्धको खोप सम्पूर्ण शिक्षक, कर्मचारी र अभिभावकलाई तुरुन्त प्रदान गर्नुपर्ने, कोभिड–१९ बाट मृत्युवरण गरेका शिक्षकलाई उचित क्षतिपूूर्ति दिनुपर्ने, बाल शिक्षक तथा कर्मचारीहरुको स्थानीय तह पिछेको फरक व्यवस्था हटाई केन्द्रबाटै एकमुष्ट तलबको व्यवस्था गर्नुपर्ने, राहत तथा अनुदान र उच्च मा.वि. शिक्षकमा कार्यरत शिक्षकहरुको आन्तरिक प्रतिष्पर्धामार्फत स्थायी गर्नुपर्ने र १० वर्ष एउटै पदमा कार्यरत शिक्षकहरुलाई हरेक दश वर्षमा नियमित बढुवा गर्नुपर्ने माग गरेको छ ।

    त्यस्तै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, निजामति सरह सेवा सुविधा प्रदान गर्नुपर्ने, शिक्षकको वृत्ति विकास संघीय सरकारमार्फत गर्नुपर्ने, संघीय बजेटमा बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्नुपर्ने तथा शिक्षक महासंघ र सरकारबीच भएको ३० बुदे सहमति कार्यान्वयन हुनुपर्ने महासंघको माग छ ।

    रुपन्देहीमा कोरोना संक्रमणबाट २२ जना शिक्षकले ज्यान गुमाए पनि शिक्षकका परिवारलाई सरकारले कुनै किसिमको क्षतिपूर्ति उपलब्ध नगराएको शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीका संयोजक गणेश भट्टराईले बताए । उनले शिक्षक महासंघ संग सरकारले विगतमा गरेको सम्झौताहरु कार्यान्वयन नगरेको र अहिले विषम परिस्थितिमा पनि खोप उपलब्ध नगराएको गुनासो गरे । 

    ‘शिक्षकका साथै १८ वर्ष उमेर पुगेका विद्यार्थी, कर्मचारी र अभिभावकहरुलाई पनि कोरोनाविरुद्धको खोपको व्यवस्था हुनुपर्छ, ’भट्टराईले भने । सरकारले मागको सम्बोधन नगरेकोले शिक्षक महासंघ चरणबद्ध आन्दोलनमा उत्रिएको उनले बताए । ‘सरकार विद्यालय चलोस् भन्ने चाहन्छ भने खोप उपलब्ध गराउनुपर्छ, हाम्रो आवाज सुनियोस् ’उनले भने । खोप नलगाई कसरी विद्यालय सञ्चालन गर्ने ? उनले प्रश्न गरे ।

    महासंघको केन्द्रीय कार्यक्रम अनुसार चौथो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहको कार्यालयमा धर्ना कार्यक्रम गरिएको नेपाल शिक्षक संघ सिद्धार्थनगरका अध्यक्ष अब्दुर्रहमान खानले बताए । शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । नेपाल शिक्षक महासंघ सिद्धार्थनगर समितिका अध्यक्ष चर्तुभुज रेग्मीको अध्यक्षतामा धर्ना कार्यक्रम सम्पन्न भएको थियो ।




    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij