images

शुक्रवार, बैशाख १४ गते २०८१

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन संघको माग

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन संघको माग

images
images
images
शुक्रवार, आषाढ १८ २०७८
शुक्रवार, आषाढ १८ २०७८
  • उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन संघको माग

    भैरहवा, १८ असार । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई कोभिड संक्रमणबाट सुरक्षा प्रदान गर्नका लागि प्रमुख प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न माग गरेको छ । संघले शुक्रबार विज्ञप्ती जारी गर्दै छिटो भन्दा छिटो खोप उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको हो ।  

    images

    अग्रपंक्तिमा रही उत्पादन र वितरणमा संलग्न हुँदै राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ७० प्रतिशतको योगदान दिएका निजी क्षेत्रका उद्योगी व्यवसायी र मजदुरलाई खोपको प्राथमिकतामा नराखिनुले आफूहरुलाई निराश बनाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    ‘दोस्रो लहरको संक्रमणबाट उद्योगी व्यवसायीहरुले उपचारको सुविधा समेत पाउन नसकी ज्यान गुमाउनु परेको यथार्थ तथा संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको तथ्यलाई ध्यानाकर्षण गराउँदछौ, ’संघका कार्यवाहक अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    कोरोना संक्रमण रोकथामको लागि निषेधाज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले र्बैक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व, कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने भएका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका र व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेको संघको भनाइ छ । समय क्रमसंगै कोरोनाको थप कडा प्रकृतिको भेरियन्ट आउँदै जाँदा निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प नसक्ने श्रेष्ठले बताए । विश्वका कतिपय राष्ट्रहरु तथा विज्ञहरुको अनुभव र परामर्श अनुसार कोभिडविरुद्धको खोप नै कोरोना संक्रमण नियन्त्रणको महत्वपूर्ण उपाय हो भन्ने पुष्टि भइसकेको उनले बताए । उद्योगी व्यवसायी र मजदूरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनका लागि खोपको व्यवस्था गर्न संघले माग गरेको छ । यस अघि जेठ ९ गते पनि संघले छिटो भन्दा छिटो खोपको उपलब्धता सुनिश्चित गर्न माग गर्दै विज्ञप्ती जारी गरेको कार्यकारी सचिव आनन्द खनालले जानकारी दिए ।
                         
                                                                                    received_530171181760738.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij