images

आइतवार, बैशाख २३ गते २०८१

रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

images
images
images
शुक्रवार, आषाढ १८ २०७८
शुक्रवार, आषाढ १८ २०७८
  • रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

    भैरहवा, १८ असार । 
    प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीका १८  वर्षिय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडका २४ वर्षिय रमेश बहादुर आचार्य र वाणगंगा–९ जिनुवाका २५ वर्षिय रमेश मरासिनी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बिहीबार राती ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका १० स्गिथत बेमतेनीमा इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजाल समेतको टोलीले चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट लागूऔषध फेला पारेपछि पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ५ ग्राम ५ सय मिलीग्राम खैरौ हिरोइन फेला पारेपछि उक्त लागुऔषध बरामद गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । पक्राउ परेका तीनै जनालाई रुपन्देही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइ उनीहरुमथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij