images
images

आइतवार, जेठ ६ गते २०८१

साढे तीन महिनामै उठायो पश्चिम नवलपरासी प्रहरीले १ करोड ७२ लाख राजश्व 

साढे तीन महिनामै उठायो पश्चिम नवलपरासी प्रहरीले १ करोड ७२ लाख राजश्व 

images
images
images
सोमवार, भाद्र १५ २०७७
सोमवार, भाद्र १५ २०७७
  • साढे तीन महिनामै उठायो पश्चिम नवलपरासी प्रहरीले १ करोड ७२ लाख राजश्व 

    भदौ १५, नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले साढे तीन महिनाको अबधिमा झण्डै १ करोड ७३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । प्रहरीले जेठ देखि भदौ १४ गते सम्ममा उक्त राजश्व संकलन गरेको हो । 

    images
    images
    images

    प्रहरी उपरीक्षक अजय केसि जिल्लामा कार्यालय प्रमुखको रुपमा आएपछि तस्करी नियन्त्रणमा तदारुकताका साथ लागेपछि साढे तीन महिनाको अबधिमा उक्त राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार भन्सार छली ल्याइएको अबैध मालसामान बरामद गरी भन्सार कार्यालयमा बुझाए बापत प्रहरीले १ करोड ६४ लाख ७४ हजार ८ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ ।

    त्यस्तै नदिजन्य अबैध उत्खननमा संम्लग्न २२ ट्याक्टर, १ टिपर र ३ वटा स्काभेटर पक्राउ गरि सम्बन्धित स्थानीय तहमा बुझाई ६ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने अबैध काठ बरामद गरी सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाई १ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको प्रहरी कार्यालयले जनाएको छ । 

    पश्चिम नवलपरासी प्रहरीले साढे तीन महिनाको अबधिमा संकलन भएको रकम गत वर्षहरुको तुलनामा निकै धेरै हो । 
    गत आर्थिक बर्षमा अबैध मालसामान बरामदबाट १ करोड ३९ लाख ९९ हजार ७ सय ८९ रुपैयाँ संकलन गरेको थियो । अबैध नदिजन्य उत्खननको १७ लाख ३८ हजार ५ सय ३ रुपैयाँ संकलन गरेको थियो । 

    गत वर्षको ४ महिनाको अबधि (बैशाख १५ देखि भदौ १५) सम्ममा अबैध मालसामान बरामदबाट ४७ लाख १४ हजार २ सय २९ रुपैयाँ राजश्व संकलन गरेको थियो भने अबैध नदिजन्य उत्खननबाट २ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । 
    आफुहरुले अझ बढि रकम राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि कोभिड १९ को असरले लकडाउन भएका कारण लक्ष्यमा पुग्न नसकेको प्रवक्ता लामाले बताए । प्रहरीले दैनिक जसो भारतको सिमानाकाबाट भन्सार छलि ल्याइएका अबैध मालसामान बरामद गरी ओसारपसारमा संम्लग्नलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने गरेको छ । 

    saman.jpg

    प्रहरी उपरीक्षक केसि जिल्लामा आएपछि अबैध चोरीनिकासी कार्यमा समेत नियन्त्रण भएको जिल्लाबासीको भनाई छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयले देशमै पहिलो पटक कोभिड १९ को सक्रमण बढ्न सक्ने भन्दै सिमा नाकाबाट केराउ (हरियोरसेतो), मरिच र छोडाको ओसारपसारमा पूर्ण रोक लगाएको प्रवक्ता लामाले बताए ।

    प्रहरीले भदौ १४ मा पनि अन्दाजी ४ लाख ८ हजार मुल्य बराबरको अबैध मालसमान बरामत गरेको छ । प्रहरीले हरीयो केराउ र छोडा बरामत गरेको हो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij