images

सोमवार, बैशाख २४ गते २०८१

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • लागुऔषधसहित दुईजना पक्राउ

    भैरहवा, २३ असार । 
    प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा परासीबाट भैरहवातर्फ जाँदै गरेको लु ३१ प २५३३ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाईछिपाई ल्याएको अवस्थामा अवैध लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    स्कुटीमा लागुऔषध (गाँजा) ५ किलोग्राम फेला परेपछि स्कुटी चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का २९ वर्षिय राजकुमार जैसवाल र स्कुटीमा सवार सोही स्थानका २७ वर्षिय रविन गुुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    मंगलबार इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायब निरीक्षक एक्क बहादुर नेपाली समेतको टोलीले चेकजाँचका क्रममा उक्त लागुऔषध फेला पारेको हो । लागुऔषध फेला पारेपछि पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    १.jpg

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij