२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

ललितपुरमा कफ्र्यू, आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न निषेध

शुक्रवार , भाद्र १९, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं– बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले आज कफ्र्यु लगाएको छ । 

    ललितपुर प्रशाशनले जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कफ्र्यू लगाएको हो । स्थानिय प्रशाशनले ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यू लगाएको हो ।

    बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

    ललितपुर प्रशासनले कफ्र्यु आदेश  जारी भएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्नेजस्ता कारवाही गर्न निषेध गरिएको र यो आदेशको उल्लंघन  गरी घरबाट निस्केमा वा अन्य काम गरेमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने जनाएको छ।

    lalitpur.jpg