images

सोमवार, बैशाख ३१ गते २०८१

संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष बिपक्षी दलको समावेदन 

संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष बिपक्षी दलको समावेदन 

images
images
images
सोमवार, श्रावण १८ २०७८
सोमवार, श्रावण १८ २०७८
  • संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष बिपक्षी दलको समावेदन 

    बुटवल, १८ साउन । शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार संसदमा अल्पमतमा परिसकेको भन्दै धारा १६८ उपधारा (२) अनुसार बहुमतको सरकार गठन गर्ने प्रस्तावसहित बिपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष समावेदन गरेका छन्। 

    images
    images
    images

    हाल लुम्बिनी प्रदेशसभामा रहेका कुल ८० सदस्य मध्ये ४१ जना सांसदहरुको हस्ताक्षर सहित बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न माग गर्दै बिपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुखलाई समावेदन पत्र बुझाएका हुन्। सभामुखसहित बिपक्षी गठबन्धनसँग ४२ सांसद रहेको उनिहरुको दावी छ। 

    नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनका ४१ सदस्यहरुले पेश गरेको समावेदन पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको बैधानिकता बारे संविधानविद र सरोकारवालाहरुसँग छलफल गरेर छिट्टै संवैधानिक कदम चाल्ने बताएका छन्। 
    प्रमुख शेरचनले विपक्षीले दिएको निवेदनका सम्बन्धमा आफ्नो धारणा राख्दै संबैधानिक निकासका लागि आवश्यक कानुनी परामर्श लिने, सरकारसँग पनि छलफल गर्ने र राजनैतिक दलहरुसँग पनि छलफल र परामर्श गर्ने अनि निष्कर्षका साथ अघि बढ्ने बताएका छन्। 

    उता बिपक्षीहरुले शंकर पोखरेल नेतृत्वको सरकार गत बैशाखदेखि नै अल्पमत रहेको दाबी गर्दै असंवैधानिक सरकारलाई हटाएर संवैधानिक बाटोबाट बहुमतको सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। 
    समावेदनपछि संचारकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडियाले असंवैधानिक पोखरेल नेतृत्वको सरकारले बिभिन्न जालझेल गरेर महिनौ बिताएको बताए। प्रदेश सभामा ३८ सांसद भएको पार्टीले ४२ सांसद भएको बहुमतमाथि शासन गरिरहेको उनले आरोप लगाए। 

    1.jpg

    4.jpg

    gypan (2).jpg

    6.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij