२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनी प्रदेश : जसपाबाट कारवाहीमा परेका २ मन्त्रीले राजीनामा दिदै

बुधवार , श्रावण २७, २०७८

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई जना मन्त्रीले राजीनामा बुझाउने भएका छन्। 

सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। जसपाको पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टीले सांसद पदबाट मुक्त गरेको थियो। 

उनले आफू बाहिर भएको र कल्पना लम्साल अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको कृषिमन्त्री यादवले जानकारी दिए। यादवले राजीनामा पत्र तयार गर्दै गरेको र छिटै नै बुझाउने बताए।

उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसदबाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोेच्चमा विचाराधिन छ।