images

शुक्रवार, बैशाख १४ गते २०८१

पार्टीभित्र संस्कारको अभाब

पार्टीभित्र संस्कारको अभाब

images
images
images
बिहिवार, भाद्र १० २०७८
बिहिवार, भाद्र १० २०७८
  • पार्टीभित्र संस्कारको अभाब

    पहिलेको नेपाली शब्दकोषमा रहेको शब्दलाई ध्यान दिने हो भने,कम्युनिस्टलाई जनाउने उपयुक्त शब्द साधु वा भिक्षु हो भनेर भनिन्छ रे। जनजिब्रोको शब्दमा साधु वा भिक्षुलाई जोगीभनिन्छ।कम्युनिस्ट दक्षिण एसियाली भाषाको शब्द नभई यो ल्याटिन भाषाको कम्युनिसबाट आएको शब्द होरे। भनिन्छ, प्राचीन कालदेखि नै क्रिश्चियन धर्मावलम्बीहरुको भेलालाई जनाउन कम्युनिएनशब्दको प्रयोग गरिन्थ्योरे। यहि शब्दको अर्थलाई समातेर मार्क्सले सन् १८३२ तिर “कम्युनिस्ट” शब्दको विकास गरेका थिए रे।

    images

    भगवान गौतम बुद्धले चार आर्यसत्यमा भन्नु भएको संसारमा दुःख छ, दुःखको कारण छ, त्यो कारण मोह हो, दुःखबाट मुक्ति सम्भव छ, जुन मोह त्याग सम्भव छ।  मोह त्यागको मार्ग छ।बुद्धले चार आर्यसत्यको लागि नयाँ शब्द प्रयोग गर्नुभए झैँ मार्क्सले पनि नयाँ “सर्वहारा’भन्ने शब्दको प्रयोग गर्नु भएको रे l सर्वहारा शब्दको अर्थ मूल ल्याटिन भाषाको‘प्रोलेटेरियट’ भन्ने हो। यसको नेपाली रुपान्तरण ‘सर्वहारा’ भन्ने हुन्छ। मार्क्सको सबैभन्दा ठूलो चिन्तन भनेको मजदुरहरुको मुक्तिको चिन्तन हो। कसरी मजुदरको मुक्ति सम्भव हुन्छ भन्नेनै उनको चिन्तन थियो। उनि मजदुर वर्गका नेता थिए तर अहिले नेपालका कम्युनिस्टहरु कसका लागि लडिरहेका छन् यसको उत्तर नेपालका धेरै जनताहरुले बुझ्न सकेका छैनन्। 

    कम्युनिस्ट लिग मार्क्सले राख्नुभएको नाम हो। अहिले हामी जसलाई कम्युनिस्ट भन्छौँ, त्यति बेला युरोपमा तिनिहरुलाई समाजवादीभन्ने गरिन्थ्यो। क्रान्ति अघि लेनिनले आफुलाई सामाजिक जनवादी भन्ने गर्दथे भने सन् १९१७ मा उनले कम्युनिस्ट नाम राखे। उनले राखेको त्यो नामलाई कम्युनिस्टहरुको पार्टी चाहि होइन। कम्युनिस्टको पार्टी हुदैन। कम्युनिस्टले पार्टी बनाउदैन। उसलाई पार्टी चाहिँदै चाहिँदैन। मार्क्सले घोषणापत्रमा भनेका छन्, कम्युनिस्टहरुले अर्को पार्टी बनाउनु पर्दैन कम्युनिस्टहरु सर्वहाराको पार्टीमा सामेल हुने हो भन्ने हो बिडम्बना अहिलेका आफुलाई कम्युनिस्ट भनाउदाहरु सर्वहाराको पार्टीमा सामेल हुने भन्ने मार्क्सले घोषणापत्रमा भनेको चुरो कुरोलाई एकातिर पन्छाएर आफ्ना निहित स्वार्थका लागि पार्टी बनाउने र फुटाऊने कुरामा नै केन्द्रति भईरहेकाछन्।

    पार्टीहरुले कम्युनिस्ट नाम राख्न थालेको लेनिनको पालादेखि हो। सन् १९१७ को अप्रिलमा लेनिनद्वारा लेखिएको उनको थेसिसमा समाजवादी राख्ने कुरा गरियो र कम्युनिस्ट प्रस्ताव गरियो। मार्क्सले चाही कम्युनिस्ट लिग राख्नु भएको थियो। अचम्मको कुरा त के छ भने मार्क्स र लेनिनले सर्बहारा बर्गको मुक्तिको चिन्तनलाई केन्द्रमा राखेर जिबनभर लडिरहे अपसोच त्यहि सिद्धान्त र चिन्तन बोकेर राजनीतिमा होमिएका अहिलेका पार्टी तथा नेताहरु सिद्धान्तको नाम बेचेर सत्ता, शक्ति, मान र प्रतिष्ठाका पछाडी दौडिरहेका छन्। आफ्नो निहित फाइदाका लागि आआफ्नो गुट बनाएर आफ्नै पार्टीभित्र भिडन्त गरिरहेका छन् यसले सच्चा कम्युनिस्ट हुनेहरुका लागि कस्तो प्रभाब पर्छ भन्ने कुरा प्रति अहिलेका आफुलाई कम्युनिस्ट भन्नेहरुले चिन्तन गर्न आबश्यक छ। सिद्धान्तको नाम बेचेर शक्तिको पछी दौडिने व्यक्ति सच्चा कम्युनिस्ट हुन सक्छ र?

    पुष्पलाल श्रेष्ठले आफ्नो नेतृत्वमा नेकपाको स्थापना कलकत्ताको श्यामबजार भन्ने ठाउमा बि.स. १० वैशाख २००६ मा गरेका थिए। उक्त समयमा पार्टीको निर्णय अनुसार पार्टीको नाम “मार्क्सवादी अध्ययन मन्डल ”भनिएको थियो। जम्मा ५ जनाबाट (पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी) स्थापना भएको पार्टीको आकार जसरि जुट्दै र बिस्तार हुदै गयो त्यसरी नै टुक्रिदै र फुट्दै पनि गयो। आजभन्दा ६१ वर्ष पहिले राजा महेन्द्रको पालामा पहिलो पटक यो पार्टी फुटेको थियो रे। यसको मतलब पार्टी स्थापना भएको ११ बर्ष नपुग्दै यो पार्टी फुटिसकेको थियो। आजभन्दा ७२ बर्ष अघि स्थापना भएको यो पार्टी आजका दिनसम्म आइपुग्दा ७२ पटक नै फुटिसकेको कुरा छापामा आएको देखिन्छ। यसको पछिलो उदाहरण, अहिलेको नेकपा एमालेबाट अलगिएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी हो।

    कम्युनिस्टहरु आफ्नो सिद्धान्त प्रति इमान्दार हुन्छ भन्छन् तर पार्टी स्थापना भएको ११ बर्ष नपुग्दै सिद्धान्तको दुहाई दिदै आफ्नो व्यक्तिगत लाभ प्राप्तिको निम्ति पार्टीभित्रको अनुशासनलाई छताछुल्ल पार्ने काम भईरहयोl पार्टी फुट्ने र फुटाउने काम बढ्दै गयो।l यसबाट के प्रष्ट हुन्छ भने स्थापना कालदेखि नै पार्टी भित्र राम्रो संस्कार बस्न सकेनl यसको नतिजा आफ्नै पार्टीभित्रको सरकारलाई सत्ता भागबन्डा नमिल्दा सडक र सदन दुवैबाट पटक पटक प्रहार हुनथाल्यो भने एकै थालमा खाएर जनताका अधिकार स्थापितका लागि लडेका नेता तथा कार्यकर्ताहरु तल्लोस्तरको गालीगलोजमा उत्रिएl राज्य र जनता प्रति बफादार र ईमान्दार हुनुपर्ने कम्युनिस्टहरु जनताद्वारा निर्मित संविधानलाई समेत पटक पटक प्रहार गर्न पनि पछी परेनन भने जनताले दिएको दुई तिहाइ बहुमतको अपहेलना गर्दै ५ बर्ष प्रतिपक्षमा बस्न जनताद्वारा अनुमति पाएका कांग्रेसलाई सरकारको नेतृत्व गर्ने मौका मिल्यो। नेपाल कम्युनिस्ट पार्टी भित्रको कचिंगलो र यसबाट उत्पन्न संसद बिघटन, संसद पुनर्गठन र पुन:बिघटनको अबस्थाका कारण बिगतको चुनाबमा ५ बर्षका लागि सत्ता प्राप्त गर्ने कल्पना पनि नगरेका पार्टीहरु सत्ता हासिल गर्न सफल हुनु नेपालका कम्युनिस्टका लागि लज्जास्पद हो भन्दा अनुपयोक्त नहोला।

    अहिलेको राजनैतिक अवस्था हेर्दा, नेपालका कुनैपनि पार्टी भित्र राम्रो संस्कार बस्न सकेको छैनl यसका लागि पार्टीभित्र राम्रो संस्कारको आबश्यकता छl आफ्ना निहित स्वार्थका लागि कुनै पार्टी फुट्नु कदापी उचित हुदैन। यसका लागि कुनैपनि पार्टी भित्र अनुशासन, ईमान्दारिता, जवाफदेहिता, पारदर्शिता हुनु अति आबश्यक छ। आफ्नाले गरेका सबै ठिक अरुले गरेका सबै बेठिक भन्ने तुक्छ सोचले न व्यक्ति सफल हुन् सक्छ न पार्टी सफल हुनसक्छ, जबसम्म व्यक्तिले आफ्नो संस्कार बदल्न सक्दैन उसले पार्टीभित्र पनि राम्रो संस्कार बसाल्न सक्दैन। यसका लागि स्वयंबाट सुरुगर्नु पर्दछ। समय समयमा नेपालको राजनीतिमा आएको तरंग व्यक्ति भित्रको राम्रो संस्कारको कमि नै हो। यसका लागि सबै राजनीतिक पार्टीहरु सचेत हुन् आबश्यक छ अन्यथा कुनै दिन राज्यले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ। यसको मुख्य जिम्मेवार अहिलेका राजनैतिक पार्टीहरु नै हुन्छन।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij