images
images

आइतवार, जेठ ६ गते २०८१

टाईगर प्यालेसद्वारा ३९३ जना नेपाली कामदार निकालिए, भिसा सकिएका विदेशी कामदार भने अझै कार्यरत

टाईगर प्यालेसद्वारा ३९३ जना नेपाली कामदार निकालिए, भिसा सकिएका विदेशी कामदार भने अझै कार्यरत

images
images
images
आइतवार, भाद्र २८ २०७७
आइतवार, भाद्र २८ २०७७
  • टाईगर प्यालेसद्वारा ३९३ जना नेपाली कामदार निकालिए, भिसा सकिएका विदेशी कामदार भने अझै कार्यरत

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा स्थित कोटिहवामा रहेका टाईगर प्यालेस रिर्सोट (पाँच तारे) होटलले होटलमा कार्यरत ३९३ जना नेपाली कामदार एवम् कर्मचारीलाई कामबाट निकालेको छ । अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालीत तिलोत्तमा नगरपालिका वडा न. १३ मा रहेको टाईगर प्यालेस रिर्सोटले ३ सय ९३ जना नेपाली कामदारलाई कामबाट निकाल्दा बिदेशी कामदारलाई भने कामबाट ननिकालेको त्यहा कार्यरत कर्मचारीले बताएका छन् ।  

    images
    images
    images

    कोरोना भाईरस (कोभिड १९) को कारण देखाउँदै प्यालेसमा कार्यरत स्वदेशी कामदारहरुलाई कामवाट हटाईएको ईमेल लेटर फेला परेको छ । लेटरमा २ वर्ष कारर अवधि सकिएको र कोरोना भाईरसका कारण गरिएको लकडाउनले होटल व्यवसाय धरासायी बनेको भन्दै कामदारहरुलाई पारिश्रमिक दिन सक्ने अवस्था नरहेकाले कामवाट निकाल्नु परेको उल्लेख गरिएको छ ।
    नेपाली कर्मचारीलाई हटाएको रिर्सोटले बिदेशी कामदारलाई भने हटाएको छैन् ।

    कोरोना भाईरसले निम्त्याएको विषय परिस्थितीमा कार्यरत कामदारहरु कामबाट निकालिदा आफुहरुको दैनिकी गुमेको गुनासो गरेका छन् । कामदारहरुका कारण मात्रै होटल संकटमा परेको हो भने किन एक पटक पनि हामीहरुसंग समन्वय गरिएन श्रम सम्वन्ध समिति टाईगर प्यालेसका प्रमुख एंव कार्यरत कर्मचारी चित्र भण्डारीले भने सरसल्लाह बिना एकाएक ईमेलबाट जागिरबाट हटाईएको खबर पाईने यो कस्तो बिडम्बना हो ।

    जागिरबाट निकालिए पछि झण्डै ४ सय कर्मचारीको परिवार संकटमा परेको भन्दै पुर्नबहालीको माग गरे । उनले खबरपात्रोसंग भने नेपाली कर्मचारीलाई कोरोना भाईरसका कारण आर्थिक संकट पर्ने, तर मासिक ५ लाख देखि १० लाख रुपैयाँसम्म पारिश्रमिक लिने विदेशी कामदारलाई आर्थिक संकट नपर्ने यो कस्तो नियती हो । खबरपात्रोसंगको कुराकानीमा उनले भने, कोरोनाले प्रभाव पारेको अवस्थामा कामदाहरुलाई पारिश्रमिक मध्येबाट न्युनतम प्रतिशतमा पारिश्रमिक दिएर घरमा बस्नु लगाउनुको साटो श्रम ऐन अनुसार २ वर्ष भन्दा धेरै कार्यरत कामदारहरुलाई निकाल्न नपाईने वताए ।

    कर्मचारीहरुले कम्पनीले लेटरमा उल्लेख गरिएको करार अवधि सकिएकाले निकालिएको हो भन्ने भनाईको खण्डन गरेका छन । उनीहरु भन्छन, यदी करार अवधि सकिएको थियो भने, अवधि सकिएको करिव १ वर्ष पछि किन हटाईयो भन्दै प्रश्न गरेका छन ।
    त्यस्तै, अर्का कामदार उदय वहादुर कार्कीले कोरोना भाईरसका कारण अवस्था नाजुक रहेकोबेला हामी काम गरेर दैनिकी चलाउनेहरुलाई कामबाट निकालिदा थप समस्यामा परेको गुनासो गरे । अर्का कर्मचारी गोविन्द गौतमले पनि समस्यामा थप समस्या थप्न नहुने भन्दै, होटलबाट निकालिएका कामदारहरुको पुर्न वहाली गर्न माग गरे ।

    अर्का कर्मचारी विशाल वहादुर कार्कीले भिसाको म्याद सकिएका विदेशी कामदारहरुलाई मासिक पारिश्रमिक दिएर काम दिने तर स्वदेशी स्थानिय कामदारलाई कोरोनाको कारण देखाएर काम वाट निकालिएको वारे कानुनी उपचार खोज्ने जनाए । करिव ६ अर्व भन्दा वढि लगानीमा सञ्चालन ल्याईएको उक्त टाईगर प्यालेस तिलोत्तमा नगरपालिका वडा नं १३ कोटिहवा स्थित १४ विगाह क्षेत्रफलमा रहेको छ । २०७४ सालमा स्थापना गरिएको सो प्यालेसमा हाल विदेशी ७ जना कामदारहरुले काम गरिहेको वताईएको छ । साथै यसेको काठमाण्डौं स्थित शाखाले पनि ३० जना कामदारहरुलाई निकालेको जनाईएको छ ।

    यस विषयमा थप कुराकानी गर्नका लागि प्यालेसका जनरल म्यानेजर तथा कार्यवहाक प्रमुख लक्ष्मण थापाले आफुलाई पनि कम्पनीले निकालेको वताए । उनले यस बिषयमा कम्पनीसंग थप कुराकानी भईरहेको वताए । रिर्सोटका  एच आर म्योनजर ईन्द्र भट्टराईलाई पटक पटक फोन सम्पर्क गर्दा फोन काट्ने गरेका कारण सम्पर्क हुन सकेन ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij