images

शनिवार, बैशाख ८ गते २०८१

भैरहवामा महाकाल फिल्म प्रोडक्सन सञ्चालनमा 

भैरहवामा महाकाल फिल्म प्रोडक्सन सञ्चालनमा 

images
images
images
शुक्रवार, भाद्र २५ २०७८
शुक्रवार, भाद्र २५ २०७८
  • भैरहवामा महाकाल फिल्म प्रोडक्सन सञ्चालनमा 

    भैरहवा, २५ भदौ ।
    भैरहवामा महाकाल फिल्म प्रोडक्सन सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–६ स्थित रामपथमा प्रोडक्सन सञ्चालनमा आएको हो । प्रोडक्सनको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका छन्  । 
    सो अवसरमा बोल्दै पूर्वमन्त्री पाण्डेयले कला क्षेत्रको माध्यमबाट यस क्षेत्रलाई देश–विदेशमा चिनाउन सकिने बताए । उनले कलाकारलाई प्रतिभा प्रस्फुटनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यस क्षेत्रको विकासका लागि निरन्तर लागिपर्नेछु, आर्थिक, पर्यटन तथा कला क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्छ, ’उनले भने ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले दीपक सापकोटाको अगुवाइमा सञ्चालनमा आएको महाकाल फिल्म प्रोडक्सनले कला क्षेत्रमा युवाहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । महाकाल फिल्म प्रोडक्सनका व्यवस्थापक दीपक सापकोटाले प्रोडक्सनमा चलचित्र निर्माण, गीत रेकर्डिङ, विवाह भोज लगायत विभिन्नमा फोटोग्राफी/भिडियोग्राफी जस्ता सेवा उपलब्ध हुने बताए ।

    IMG_3719.JPG

    कार्यक्रममा तुल बहादुर गुरुङ, मनोज खड्का, दीपक यादव, रमेश अब्जु लगायतले बोल्दै कला क्षेत्रको विकासमा महाकाल फिल्म प्रोडक्सनले योगदान पुर्याउने बताए । सचिन्द्र तुलाधरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    IMG_3709.JPGIMG_3728.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij