images

शुक्रवार, बैशाख ७ गते २०८१

रुपन्देहीमा बाबुआमाले गरे ८ महिने छोराको हत्या

रुपन्देहीमा बाबुआमाले गरे ८ महिने छोराको हत्या

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • रुपन्देहीमा बाबुआमाले गरे ८ महिने छोराको हत्या

    भैरहवा, २९ भदौ । 
    रुपन्देहीमा ८ महिने शिशुको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ बस्ने श्रीराम मल्लाह र उनको श्रीमती रेनु मल्लाहले आफ्नै ८ महिने छोरा सुरज मल्लाहको घाँटी रेटी कर्तव्य गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गत भदौ २६ गते आफ्नै घरको छतमा घाँटी रेटेर कर्तव्य गरी मारेको आरोपमा मृतकका बुवा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रबिन्द्र महतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थलको सुक्ष्म रुपले अनुसन्धान गरी घटनास्थल तथा शव जाँच मुचल्काको कार्यसम्पन्न गरी मृत शव पोष्टमार्टमको लागि पठाइएको डीएसपी थापाले जानकारी दिए ।

    घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको अवस्थामा रहेका श्रीराम र रेनु सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, बिस्तरामा तथा विद्युतको स्वीचमा रगत जस्तो रातोपदार्थ लागेको टाटा लागेको अवस्थामा फेला पारी सो समेत सुरक्षित साथ उठाइएको प्रहरीले जनाएको छ । त्यस्तै रेनुको शरीर समेतको खानतलासी गर्ने क्रममा उनले लगाएको साडी भिजेको अवस्थमा रहेको र सो साडीमा रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेकोले सो समेत बरामद गरिएको तथा प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपमा अनुसन्धान तथा सोधपुछ गर्दा मृतकका आमाबुबाले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न रहेका श्रीराम र रेनुलाई घटनास्थलबाटै सोही दिन पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक कलहझै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 




    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij