२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जीवनको लक्ष्य प्राप्त गर्न अध्यात्म आवश्यक : पूर्वमन्त्री पाण्डेय

बिहिवार , भाद्र ३१, २०७८

भैरहवा, ३१ भदौ । 
लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेले जीवनको लक्ष्य प्राप्त गर्न अध्यात्म आवश्यक रहेको बताएका छन् । उनले अध्यात्म जीवनको यात्रालाई उत्कृष्ट बनाउने मार्ग भएको बताए । श्री श्री गणेश पूजा समिति सिद्धार्थनगर–६, रामपथ भैरहवाद्वारा आयोजित रात्री जागरण कार्यक्रममा बोल्दै पूूर्वमन्त्री पाण्डेयले अध्यात्म बिना जीवनको लक्ष्य प्राप्तीमा कठिनाइ हुने बताए । उनले समाजलाई अध्यात्मसंग जोड्नुपर्नेमा बताए  ।

रात्री जागरणमा सहभागि भारतीय कलाकारलाई धन्यवाद दिदै पाण्डेयले भने, ‘नेपाल भारतबीच सदियौदेखिको सम्बन्ध छ, यो सम्बन्ध कुनै राजनीतिक दलले बनाइदिएको होइन् ।’ कारवशः भारतीय निजी सवारीसाधन नेपाल आउन नसके पनि त्यसका लागि पनि पहल गर्दै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ । मनोरञ्जन तथा कलाको क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले महाकाल फिल्म प्रोडक्शनले सेवा शुभारम्भ गर्नु प्रशंसनीय भएको पाण्डेयको भनाइ छ ।

IMG_3994.JPG

महाकाल फिल्म प्रोडक्शनका सञ्चालक दीपक सापकोटाले गणेश चर्तुर्थीको अवसर पारेर गणेश पूजा, रात्री जागरण, भण्डारा लगायतका कार्यक्रम गरिएको बताए । उनले रात्रीजागरणमा भारतको लखनउ, बनारस, महाराजगंज लगायतका स्थानबाट कलाकारहरु आएको बताए । युवा समाजसेवी प्रख्यात बञ्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गणेश पूजामा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । IMG_4045.JPG