२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

संविधान दिवसको अवसरमा नेविसंघ सिद्धार्थनगरद्वारा दीप प्रज्वलन

सोमवार , आश्विन ४, २०७८

भैरहवा, ४ असोज । 
संविधान दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) सिद्धार्थनगर समितिले आइतबार भैरहवामा दीप प्रज्वलन गरेको छ । भैरहवास्थित देवकोटा चोकमा दीप प्रज्वलन गरिएको नेविसंघ सिद्धार्थनगरका सभापति प्रतिक भण्डारीले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ३ (क)का सभापति पुरन प्रसाद श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई सभापति सम्राट थापा, बुटवल मोडल कलेजका सभापति आकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेविसंघ सिद्धार्थनगरका सचिव ओजश शर्माले गरेका थिए ।

242223437_397035618452737_8450836892047443012_n.jpg