२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

काङ्ग्रेस महाअधिवेशन : बुटवल सभापतिमा पाण्डे र केसिको उम्मेदवारी

बिहिवार , आश्विन ७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल । नेपाली काग्रेस पार्टीको ९ गते हुन गईरहेको १४ औ महाधिवेसन अन्तरगत बुटवल उपमहानगरपालिकामा २ प्यानल तयार भएका छन।

    हालका सभापती खेलराज पाण्डे पुन सभापतिमा दोहोरिन उम्मेदवारी दिएका छन भने रिता केसि क्षेत्रीले पनि सभापती पदमा प्यानल सहित उम्मेदवारी घोषणा गरेकी छन।पाण्डे रामचन्द्र पौडेल निकटका हुन भने केसि शेरबहादुर देउवा पक्षकि हुन।

    दुबै समुहले बिहीबार एक कार्यक्रमका बिच प्यानल घोषणा गरेका हुन। पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनाल रहेका छन।

    यसैगरि केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।