२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

एमाले बिधान महाधिवेशनमा जानेभएसंगै स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक

बुधवार , आश्विन १३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल । आजको लागि बोलाईएको लुम्बिनी प्रदेशसभा बैठक सरेको छ। आज दिउसो १ बजेको लागि बोलाईएको बैठक स्थगित भएको हो।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक बैठक अवरुद्ध गरिरहेको बेलामा आजको बैठक एमालेले विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि स्थगित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। 

    प्रदेश सभाको नवौं अधिवेशन सुरु भएसंगै कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन्। एमालेले कारवाही गरेका सांसद अजय शाही र बिमला वलीलाई कारवाही गर्नु पर्ने माग राख्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ।