२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

क्रियाशिल बन्दै अनेम संघ

अखिल नेपाल महिला संघ सिद्धार्थनगर–८ को अध्यक्षमा क्षेत्री

बुधवार , आश्विन १३, २०७८

भैरहवा, १३ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ को वडा सम्मेलन बुधबार भैरहवामा सम्पन्न भएको छ । सम्मेलनले मीना क्षेत्रीको अध्यक्षतामा २३ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको छ ।  जसको उपाध्यक्षमा अम्बिका अधिकारी, सचिवमा तारा पाण्डे, सह–सचिवमा सुमित्रा बराईली सर्वसम्मत चयन भएका छन् । यस्तैसदस्यहरुमा इन्दिरा खनाल, निर्मला देवी निसाद, कमरु निशा, कोपिला कुंवर, इलाइची सहानी, कैलाशी चाई, सन्ध्या श्रीवास्तव, दिपा कुंवर, पवित्रा रेग्मी, धन कुमारी भुषाल, ममता थापा, माया राना, कमला पराजुली, सुमित्रा पन्थी अर्याल, शोभा भुषाल, सरिता आचार्य, शुशिला पाण्डे चयन भएका छन् ।

नवगठित कमिटीलाई अनेम संघ लुम्बिनी प्रदेश कमिटी सदस्य सीता कुमारी काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले हरेक महिलाहरु संगठनमा आवद्ध भएर समय अनुकुल व्यक्तित्व विकास गर्नुपर्ने बताए । संगठनमा ठुलो ताकत हुने भएकाले अनेमसंघमा संगठित भई संगठनको झण्डाको परिभाषा, पार्टीको विधान अध्ययन गरी आफ्ना मनमा लागेका कुराहरुलाई पार्टीमा राख्न सक्नु नै जनवाद भएको उनले बताए । उनले पार्टीको अनुशासन पालना गर्नुपर्ने हरेक सदस्यको कर्तव्य भएको बताए ।

नवगठित कमिटीका अध्यक्षसहित सम्पूर्ण टीम संगठनलाई क्रियाशिल बनाउन लागिपर्ने विश्वास व्यक्त गर्दै पार्टीको तर्फबाट सधै साथ र सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भरत कुमार पोखरेलले संगठनलाई टोल तथा घर घरमा पु¥याउन आग्रह गरे । पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले एमालेको सबैभन्दा महत्वपूर्ण जनवर्गीय संगठनको रुपमा अखिल नेपाल महिला संघ र किसान संघ रहेको स्मरण गर्दै पार्टीलाई बलियो बनाउन संगठन क्रियाशिल हुनुपर्ने बताए । २००८ सालमा सहाना प्रधानको नेतृत्वमा गठन भएको अनेम संघले लामो संघर्षपछि महिलाका केही अधिकार स्थापित गर्न सफल भएको भन्दै पार्टीमा ३३ प्रतिशतको सुरुवात यसैको उपलब्धी रहेको बताए । 

अनेम संघ सिद्धार्थनगर कमिटीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षता तथा सचिव दिलु कुंवरको संचालनमा सम्पन्न अधिवेशनमा एमाले सिद्धार्थ नगर कमिटीका अध्यक्ष चोपलाल आचार्य, सचिव चक्र बहादुर थापा, सीता कुमारी काफ्ले, प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव सम्झना शर्मा, धु्रव प्रसाद अधिकारी, उमेश थापा लाटोमगर, असगर अलि, चन्द्रकला खनाल, लक्ष्मी खनाल, नरेन्द्र भण्डारी, रामचन्द्र रेग्मी लगायतले नवगठित कमिटीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।