आइतवार , आश्विन १७, २०७८
भैरहवा, १७ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सियारी गाउँपालिका कार्यसमिति, रुपन्देहीको आयोजनामा पाँचदिने उद्घोषण विकास तालिम सम्पन्न भएको छ । असोज १२ गतेदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो । पार्टीका अगुवा कार्यकर्ताहरुको नेतृत्व विकास क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको राप्रपा सियारीका अध्यक्ष भोला प्रसाद थारुले बताए ।
राप्रपा सियारी गाउँ कमिटी अध्यक्ष भोला प्रसाद थारुको अध्यक्षता, पार्टीका रूपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यता र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रूपन्देहीका सभापति शंकर खत्रीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सियारी वडा नम्बर १ का वडाअध्यक्ष तथा राप्रपा युवा नेता अरूण कुमार शाही तथा स्थानीय नेताहरुको सहयोगमा सञ्चालित कार्यक्रमको महत्वको बारेमा राप्रपा सियारी–४ का अध्यक्ष वीर बहादुर थापा, राप्रपा सियारी गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष माया रोका, रा.प्र.पा. सियारी–१ का उपाध्यक्ष ख्याम कुमारी शर्मा, पार्टीका जिल्ला सदस्यहरू शिव प्रसाद थारू, युवराज अधिकारी लगायतले तालिमको महत्वका बारेमा बोलेका थिए । राप्रपा सियारी–२ का अध्यक्ष हेमन्त चौधरीको स्वागत तथा गोविन्द प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । तालिमको सहजीकरण राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेम नारायण चौधरीले गरेका थिए ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
