२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

 राजकुमार लेखी एमाले प्रवेश 

आइतवार , आश्विन १७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • १७ असोज, काठमाडौं ।  नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन लेखीसहितका ५५ जना एमाले प्रवेश गरेका हुन् ।

    लेखीले हालै लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए । पहिलो प्रतिनिधिसभा  विघटनपछि एमाले छोडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरीक पार्टी गठन गरेका थिए ।   त्यसपश्चात मधेस केन्द्रित दलमा रहेका लेखी जनता समाजवादी पार्टी विभाजित हुँदा महन्थ ठाकुर पक्षमा लागेका थिए ।