images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देही प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

रुपन्देही प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

images
images
images
आइतवार, आश्विन १७ २०७८
आइतवार, आश्विन १७ २०७८
  • रुपन्देही प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

    भैरहवा, १७ असोज । 
    हिन्दूहरुको महान चाड वडादशै, दिपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्यवनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले चाडपर्व अवधिभर ९४४ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।

    images
    images
    images

    योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन, सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई सख्त कारवाही, प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (क्यूआरटी)को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । त्यस्तै चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग हुन गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही, सबै खालेजुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड÷कार्यालय सहयोगीहरुसंग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने डीएसपी थापाले जानकारी दिए ।

    त्यसै गरी विगतमा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन, बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुति दिने, चाडपर्वको समयमा बढी भिडभाड हुने बजार, हाटबजारमा पैदल गस्ती, मोबाइल गस्ती गरी विभिन्न प्रकारका आपराधीक कृयाकलापहरुविरुद्ध प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।






    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij