२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

एमालेको १० औँ महाधिवेशन बुटवलमा

आइतवार , आश्विन १७, २०७८

काठमाडौं, १७ असोज ।
नेकपा (एमाले) ले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिए ।

महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ । आजै नै महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत कुमार पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् । रासस