images

शुक्रवार, बैशाख २१ गते २०८१

मधेशमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

मधेशमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • मधेशमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

    राजविराज, १८ असोज ।
    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् ।  

    images
    images
    images

    सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेशमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले मधेश आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए । उनले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराए । “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भने ।

    सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेश अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताए । विचारको आधारमा पार्टी गठन भएको भन्दै उनले केही पार्टी स्वार्थमा लागेका कारण मधेशी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गरे । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij