images

शनिवार, बैशाख २२ गते २०८१

बुटवलमा हुने एमालेको महाधिवेशनले पार्टीपंक्तिमा उत्साह

बुटवलमा हुने एमालेको महाधिवेशनले पार्टीपंक्तिमा उत्साह

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • बुटवलमा हुने एमालेको महाधिवेशनले पार्टीपंक्तिमा उत्साह

    बुटवल, १८ असोज ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएपछि यस क्षेत्रका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुनुले यस क्षेत्रको पार्टीपंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ ।

    images
    images
    images

    एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनले गरेको थियो ।

    ‘तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्’–एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने । बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको महत्व अझ बढ्ने बैठकले ठहर गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij