२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई

मंगलवार , आश्विन १९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ, १९ असोज ।नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।

    ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको बताएका हुन् ।

    उनले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन आग्रह गरे । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो । रासस