images

मंगलवार, बैशाख २५ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब बढीको बुद्धमूर्ति राखिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब बढीको बुद्धमूर्ति राखिने

images
images
images
बुधवार, आश्विन २० २०७८
बुधवार, आश्विन २० २०७८
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब बढीको बुद्धमूर्ति राखिने

    भैरहवा, २० असोज । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब बढी मूल्यको बुद्ध मूर्ति राखिने भएको छ । बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै अहिले भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालवीन गु्रपले लुम्बिनी गार्डेन फाण्डेशनलाई बुद्धमूर्ति दिएको फाउण्डेशनका महासचिव एकराज गिरीले बताए । बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्ध मूर्तिको बजार मूल्य साढे दुई अर्ब बढी रहेको र नेपाल ल्याउँदा र राख्दा गरी करिब ३ अर्ब पुग्ने उनले बताए ।

    फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति राखिने उनले जानकारी दिए । ‘विमानस्थलमा प्रत्येक व्यक्ति जाँदा र आउँदा बुद्धको शान्तिको सन्देश मनमा राख्दै यात्रा गरेमा सफल हुने विश्वास गर्दै मूर्ति राख्नुपर्छ भन्ने सोचका साथ मूर्ति राख्न लागिएको हो,  ’गिरीले भने । महासचिव गिरीले १ हजार ८ सय केजी तौल भएको मूर्ति १ दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बताए । मूर्ति अबको १०–१५ दिनसम्म मूर्ति नेपाल आइपुग्ने उनको भनाइ छ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको कार्तिक १४ गते अनावरण गरिने कार्यक्रम रहेको छ । बुद्धमूर्तिको अनावरण राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने फाउण्डेशनले जनाएको छ ।

    गत वर्ष राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगायतको टोली स्पेन गएको बेला यो मूर्ति नेपाल ल्याउने पहल अगाडि बढेको गिरीले बताए । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पर्यटन प्रबद्र्धनको क्षेत्रमा लुम्बिनी गार्डेन फाउण्डेशनले महत्वपूर्ण कार्य गरेको बताए । ‘फाउण्डेशनले स्पेनमा ठूलो बुद्ध पार्क बनाउँदैछ, बुद्ध र लुम्बिनीलाई विश्वमै चिनाउन पनि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ’उनले भने ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij