२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

बजेट तयारीको लागि ४ बजेसम्म लुम्बिनी प्रदेश सभा बैठक स्थगित 

बुधवार , आश्विन २०, २०७८

बुटवल, २० असोज । 
लुम्बिनी प्रदेशसभाको बैठक केही समय बसेर आजै दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीकै बीचमा सुरु भएको बैठक सकिदासम्म पनि एमाले सांसदले नारावबाजी गरिरहेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेको नारावाजीकबबीच सभामुख पुर्ण बहादुर घर्तीले बैठक भने सञ्चालन गरेका थिए । आजै दिउँसो ४ बजे बस्ने बैठकबाट प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी रहेको छ । 

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले संसदबाट बजेट पारित हुने अवस्था नदेखेपछि अध्यादेशमार्फत बजेट ल्याएको थियो । एमालेले मन्त्री अजय बहादुर शाही र सांसद विमला कुमारी वलीलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्दै आएकोले लुम्बिनी प्रदेशसभाको बैठक पटकपटक सूचना टाँस गरी स्थगित गरिएको थियो ।