images

बुधवार, बैशाख २६ गते २०८१

सफलताको लागि कानूनी शासन अपरिहार्य : सनोज यादव

सफलताको लागि कानूनी शासन अपरिहार्य : सनोज यादव

images
images
images
बुधवार, आश्विन २० २०७८
बुधवार, आश्विन २० २०७८
  • सफलताको लागि कानूनी शासन अपरिहार्य : सनोज यादव

    भैरहवा, १३ असोज ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले स्थानीय सरकार सफल हुन कानूनको शासन हुन अपरिहार्य रहेको बताएका छन् । कतिपय स्थानीय तहमा आफुलाई नै सर्वोपरि ठानी मनोमानी गर्ने परिपाटी रहेकोले त्यसलाई त्याग्दै कानून अनुसार हिडे मात्रै स्थानीय तह र त्यहाँका स्थानीयहरुको विकास हुने यादवले औल्याएका हुन् । रोहिणी गाउँपालिकाले आयोजना गरेको दुईदिने जनप्रतिनिधि तथा

    images
    images
    images

    कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको समापन गर्दै यादवले कानूनको कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवैको सहकार्य उत्तिकै आवश्यक रहेको बताए । उनले स्थानीय सरकार आएको साढे ४ वर्षमा रोहिणी गाउँपालिकाले कर्मचारीहरुको सहयोग पाएको र आगामी दिनमा पनि यो सहयोग यसै गरी निरन्तर गर्न समेत आग्रह गरे । 

    विशेष गरी कोभिड–१९ महामारीको समयमा कर्मचारीहरुले देखाएको कामको उनले प्रशंसा गरे । कोभिड–१९ को समयमा आफ्नो घरपरिवार छोडेर रोहिणी गाउँपालिकावासीको सेवाको कारणले उनीहरुप्रति गाउँपालिका कृतज्ञ रहेको उनले जनाए । 

    संघीय सरकार, प्रदेश सरकारले समय समयमा आफ्ना नितिनियम परिवर्तन र अद्यावधिक गर्ने कारण सो नीति नियमबारे जनप्रतिनिधि तथा कर्मचारीहरु पनि अद्यावधिक हुन आवश्यक रहेकोले यिनीहरुको क्षमता अभिवृद्धिमा पालिकाले लगानी गरेको यादवले जनाए । 

    यस्तै कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले संविधानले शासन चलाउने क्षमता, कानून बनाउने क्षमता र कार्यान्वयनको अधिकार दिएको बताए । उनले संविधानले स्थानीय सरकारलाई २२ वटा एकल अधिकारहरु प्रदान गरेको बताए । त्यस्तै प्रदेश, संघ र स्थानीय तहबीचको साझा अधिकार भनेर पनि विभिन्न साझा अधिकारहरु प्राप्त भएको उनले जनाए । उनले स्थानीय सरकार कानून बनाउने र कानून अनुसार चल्ने दुवै रहेको जिकिर गरे । 

    रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजन, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यको साथै गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमलाई गाउँपालिकाका कानूनी सल्लाहकार सुनिल त्रिपाठीले सहजीकरण गरेका थिए । कार्यक्रम रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले सञ्चालन गरेका थिए । 

    IMG_5514 (1).JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij