२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सीता भण्डारी मृत्यु प्रकरण, तीनजना पुर्पक्षका लागि थुनामा

बुधवार , आश्विन २०, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २० असोज ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की २७ वर्षिय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि बुधबार थुनामा पठाइएको छ । मृतकका श्रीमान् टीका पौड्याल, जेठाजू हरि पौड्याल र दिदी विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।  थुनछेक बहसबाट पक्राउ परेका तीनै जनालाई पुर्पक्षको लागी थुनामा राख्न अदालतले दिएको आदेश भएबमोजिम जिल्ला कारागार रुपन्देही, भैरहवा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    भण्डारी गत भदौं २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको बताएको थियो ।
    छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । ईप्रका बुटवलले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।

    आन्दोलन सुरु भएपछि आत्महत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी विष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मृत्यु भएको करिब एक महिना हुन लाग्दा समेत मृतकको शव उठेको छैन ।