
बिहिवार , आश्विन २१, २०७८
गुल्मी, २१ असोज । यतिखेर नेपाली कांग्रेसको महान पर्वको रुपमा देशैभरी १४ औं महाधिवेशन चलिरहेको छ । देशैभरी वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसको यतिबेला गाउँनगर अधिवेशन त कतै जिल्ला अधिवेशन सम्पन्न भएका छन् । गुल्मी जिल्लामा पनि वडा अधिवेशनपछि गाउँ नगरको अधिवेशन सम्पन्न भएको छ । यही ९ गते हुने भनेको अधिवेशन विशेष कारणवश १९ गते सम्पन्न भएको हो ।
१२ स्थानीय तह भएको गुल्मीमा १९ गते शुरु भएर २० गते सम्ममा सवै पालिकाहरुमा पालिका अधिवेशन सम्पन्न भएका छन । गुल्मीका १० पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएका छन् भने मुसिकोट र कालीगण्डकी गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएका छन् ।
यसै अन्तरगत गुल्मी जिल्लाको सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा पनि जयश्वर पन्थी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिवाट राजनैतिक यात्रा सुरु गर्दै कर्मचारी ट्रेड युनियनमा लामो समय नेतृत्व गरेका पन्थी असल इमान्दार र कुशल संगठकको रुपमा परिचित छन । एकपटक नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य र एकपटक केन्द्रीय उपाध्यक्ष निर्वाचित पन्थी पाटीमा विधि र नीतिलाई प्रधानता मान्दछन । यदि विधिलाई प्रधान मानेर अघि वढ्न सकिएन भने पार्टी जीवन समाप्त हुन्छ र पार्टी एउटा क्लब जस्तो हुन्छ र पाटी लुलो हुन्छ त्यसैले संगठनमा व्यक्ति होइन विधिलाइ प्राथमिकता दिएर संथा चलाउनुपर्छ भन्ने कुरा दृढताका साथ उठाउँदै आएका छन् ।
देशैभरी निजामती कर्मचारी युनियन विभाजन भएर दुईवटा संगठन हुँदा समेत गुल्मीमा युनियनलाई विभाजन हुनवाट बचाएका पन्थीलाई कर्मचारी वृतमा इमान्दारिता र सदाचारिताका सतिसाल भनी चर्चा गर्ने गर्दछन । माओवादी र एमालेको संयुक्त सरकारका बेला २०७३ सालमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा युनियनले देशैभरी पराजय भोग्दै गर्दा गुल्मी युनियनलाई दुइतिहाई मतसहित विजय गराएका पन्थी २०७४ मा भएको स्थानीय तहको चुनावमा गुमेको रेसुङ्गा नगरलाइ आगामी निर्वाचनवाट कांग्रेसले जित्ने गरी आजैका दिनदेखि संगठन सुदृढीकरणमा लाग्ने र रेसुङ्गा नगरमा कांग्रेसको उमेद्वारलाइ विजयी गराउने वाटोमा अघि वढेको वताएका छन ।
यस्तै गरी गुल्मीको मदाने गाउँपालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको छ । पुराना र अनुभवि नेता महेन्द्र कुवँर सभापतिमा निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी धुर्कोट गाउँपालिकामा हरी बहादुर थापा, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, इश्मा गाउँपालिकामा कृष्ण रिजाल, गुल्मी दरवार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धाता भुसाल, सत्यवती गाउँपालिकामा विष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा विष्णु प्रसाद भण्डारी र रुरु क्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन भने मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निम बहादुर श्रीस मतदान प्रक्रिया मार्फत निर्वाचित भएका छन ।
यसपटकको अधिवेशनमा अधिकांश पालिकाहरुमा युवापुस्ता नेतृत्वमा पुग्न सफल भएका छन् । मालिका गाउँपालिका सभापतिमा उपेन्द्र अर्याल रेसुङ्गा नगरपालिका उपसभापतिमा गगन के.सी र सावित्रा भण्डारी त्यस्तै इश्मा गाउँपालिका उपसभापतिमा नेपाल विद्यार्थी संघ गुल्मीकी सचिव समेत रहेकी अधिवक्ता पार्वती कुँवर निर्वाचित भएकी छन । यस्तै मदाने गाउँपालिका सचिवमा राजेन्द्र विष्ट धुर्कोट गाउँपालिकामा राम प्रसाद घिमिरे रेसुङ्ग नगरपालिका सचिवमा गुनाखर पाण्डेय गुल्मी दरवार गाउँपालिका सभापति प्रेम पुन लगायत युवा पुस्ता कांग्रेसको पालिकास्तरीय नेतृत्वमा आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij