
बिहिवार , आश्विन २१, २०७८
भैरहवा, २१ असोज ।
राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम सम्मेलनले कासिम खानको अध्यक्षतामा नयाँ १५१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा विवेक बहादुर खत्री, जमिल खान, सचिवमा राहुल गौतम, कोषाध्यक्षमा सुनिता जि.सी. र सह–सचिवमा राजन मिश्र रमोहम्मद युसुफ चयन हुनुभएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य तथा गैडहवा गाउँपलिका युवा इञ्चार्ज सन्दिप गुप्ताले बताए ।
त्यस्तै नगर समितिको इञ्चार्जमा चन्द्रकेश गुप्ता (सि.के.) र सह=इञ्चार्जमा सुरज कलवार चयन भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij