२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

एमाले जनताको साथमा छ : खिमलाल भट्टराई

शुक्रवार , आश्विन २२, २०७८

भैरहवा, २२ असोज ।
नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले एमाले जनताको साथमा रहेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विभिन्न विकासका काम गरेको बताए । 

राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै भट्टराईले भने, ‘सुःखमा नसम्झिनुहोस्, तर दुःख पर्दा एमालेलाई सम्झ्नुहोस्, एमाले तपाईहरुको साथमा छ, ’उनले भने । लुम्बिनी क्षेत्रको विकासको लागि एमालेलाई जिताउन उनले आग्रह गरे । लुम्बिनीको विकास अब कुनै पनि बहानामा पछाडी नपर्ने उनले बताए । ‘सुर्य चिन्हमा भोट हाल्नुस्, विगतमा एमालेलाई नजिताउँदा के भयो, ’प्रष्ट नै छ, नेता भट्टराईले भने ।