२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

प्याब्सन तिलोत्तमाद्वारा शुभकामना आदानप्रदान

शुक्रवार , आश्विन २२, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, २२ असोज । 
    निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन), प्याब्सन तिलोत्तमा नगर समितिको वृहत भेला तथा शुभकामना आदानप्रदान शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व बडा दशैं, दिपावली तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम प्याब्सन रुपन्देहीको सभाहलमा सम्पन्न भएको हो ।

    प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीको अध्यक्षता, प्याब्सन केन्द्रका प्राज्ञिक सल्लाहकार कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन तिलोत्तमाका प्रमुख सल्लाहकार डि.बी. थापा, सल्लाहकार एवं प्याब्सन लुम्बिनी प्रदेशका प्राज्ञिक सल्लाहकार दामोदर भुसाल, प्याब्सन तिलोत्तमाका प्राज्ञिक सल्लाहकार दिपक गौतम लगायत विभिन्न सदस्य विद्यालयका प्राचार्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा उपस्थित सम्पूर्णमा विभिन्न चाडपर्वको शुभकामनासंगै संगठनमा आवद्ध विद्यालयहरुसंग सम्बन्धित तथ्यांक संकलन एवं आवधिक गर्ने र प्याब्सन तिलोत्तमाको नेतृत्वमा एक शैक्षिक अनुसन्धान केन्द्र स्थापना गरी संगठनमा आवद्ध विद्यालय, शिक्षकशिक्षिका, विद्यार्थी एवं शैक्षिक क्षेत्रको स्तरोन्नतिका लागि अग्रसर भइ अनुसन्धान केन्द्र विकासमा सबै दत्तचित्त भइ लाग्ने गरी एक महत्वकांक्षी योजना अगाडी सारेको र छलफल अगाडी सारेको छ ।

    प्याब्सन तिलोत्तमाका सचिव किरण गौतमको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रस्तुत दुवै विषयमा महत्वपूर्ण निर्णय गरी योजनाबद्ध रुपमा अन्य शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै अगाडी बढ्ने निर्णय गरिएको प्याब्सन तिलोत्तमा सदस्य एवं सञ्चार संयोजक चन्द्र अधिकारीले जानकारी दिए ।