२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

३ वर्षमा भक्तपुरले विकासमा फड्को मार्‍यो : महेश बस्नेत

आइतवार , आश्विन २४, २०७८

भक्तपुर, २४ असोज । ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको पछिल्लो तीन वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग बनेको बताए । ‘भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले देशका युवा सधैँ देशको विकास र सार्वभौमिकताको रक्षाका लागि उभिनुपर्ने बताए । इन्चार्ज बस्नेतले जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण थापा र रोमन शिलाकारलाई सम्मान गरे । रासस