
आइतवार , आश्विन २४, २०७८
भैरहवा, २४ असोज ।
राष्ट्रिय युवा संघ, नेपाल मायादेवी गाउँपालिका, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राम मिलन सहानीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का युवा इञ्चार्ज अमित कुमार शुक्लाले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा गौरब बहादुर थापा, मुन्नी लोध, राम प्रसाद लोध, गौरब बहादुर थापा, सचिवमा उमेश यादव, सह–सचिवमा गीता पौडेल, राममिलन लोध, भवनाथ यादव, अमरजित हरिजन, शिवमणि उपाध्याय र कोषाध्यक्षमा तारिफ मुसफा पठान रहेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मायादेवी गाउँ कमिटी अध्यक्ष साधुसरण सहानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज सुमन पुरीले युवा संघ टोलटोलमा पुग्ने बताए । परमादेशबाट आएको वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको उनले आरोप लगाए ।
विशिष्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य बाबुलाल यादव, राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका जिल्ला सह–संयोजक विकासजंग बस्नेत, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य लाला लोध, पार्टीका जिल्ला कमिटी सदस्य शिवचन्द यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए । एमाले नेता लाला लोधको स्वागत तथा पार्टीका मायादेवी गाउँ कमिटी सदस्य रामजित लोधको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij