मंगलवार , आश्विन २६, २०७८
भैरहवा, २६ असोज ।
सिद्वार्थनगर सिटी हस्पिटल प्रा.लि. लुम्बिनीरोड, भैरहवाले वडादशै–२०७८ को अवसरमा शुभकामना आदानप्रदान तथा महिला रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्वार्थनगर सिटी हस्पिटल प्रा.लि का अध्यक्ष एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. अमित चर्तुवेदी, प्रबन्ध निर्देशक अजुन पौडेल, बालरोग विशेषज्ञ डा. उदय सिंह, महिला रोग विशेषज्ञ डा. ज्योती राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा महिला रोग विशेषज्ञ डा. ज्योती रानाले पाठेघर क्यान्सरसम्बन्धी प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्वार्थनगर, लायन्स क्लब अफ सिद्वार्थनगर लोटसका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । अस्पतालका व्यवस्थापक विद्या गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij