२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अनेरास्ववियु तिलोत्तमाले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

मंगलवार , आश्विन २६, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • तिलोत्तमा, २६ असोज । 
    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तिलोत्तमा नगर कमिटी, रुपन्देहीले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठको पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । अनेरास्ववियुका नगर कमिटी अध्यक्ष सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन एमाले रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले गरेका थिए ।

    कार्यक्रममा बोल्दै चापागाईंले विद्यार्थीहरु समाजवाद उन्मुख हुँदै अग्रगामी दिशामा बढ्नुपर्ने बताए । समाज परिवर्तनमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले समाजमा रहेका विकृती विसंगती उन्मुलनमा समेत विद्यार्थीले हातेमालो गर्नुपर्ने बताए । चाडपर्व बोझिलो बनाउन नहुने भन्दै उनले चाडपर्वका नाममा हुने विकृति अन्त्य गर्न सहयोग पुग्ने जनचेतनामुलक काम गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिए ।

    कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य देवी वाग्ले, अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, रुपन्देही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी सचिव मिनप्रसाद पोखरेल, तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, राष्ट्रिय युवा संघ जिल्ला संयोजक मनोज गौचन, अखिल नेपाल महिला संघ तिलोत्तमा नगर अध्यक्ष कमला ज्ञवाली, विद्यार्थी नेताहरु डा. कृष्ण खराल, वरदान आचार्य, इन्दु ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रम दिवस खनालको संयोजकत्वमा सम्पन्न भएको थियो ।