२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

जनमत पार्टीद्वारा मोतिपुर औद्योगिक क्षेत्रको अवलोकन

मंगलवार , आश्विन २६, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २६ असोज ।
    जनमत पार्टीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको मंगलबार अवलोकन गरेको छ । आइतबार चार जना नागरिकले ज्यान गुमाएको मोतिपुर क्षेत्रमा अवलोकन गरी त्यहाँको परिस्थितिबारे जानकारी लिइएको पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले बताए । 

    स्थलगत अवलोकनमा जनमत पार्टी केन्द्रीय सचिव भोपेन्द्र प्रसाल यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता, भष्ट्राचार निवारण विभाग प्रमुख संजय कुमार मिश्र, समाज कल्याण विभाग सचिव चन्द्रशेखर सोनार, शिक्षक जनमत संघका केन्द्रीय सदस्य रामदेव यादव लगायत सहभागि रहेका थिए ।