शनिवार , आश्विन ३०, २०७८
भैरहवा, ३० असोज ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण रुपन्देही आउने भएका छन् । गृहमन्त्री भएपछि उनी कार्तिक १ गते पहिलोपटक गृह जिल्ला रुपन्देही आउन लागेका हुन् । उनी नेपाली कांग्रेसका नेता स्व. प्रेम खरेलको शोक सभामा सहभागि हुन रुपन्देही आउन लागेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण मन्त्री भएपछि पहिलो पटक रुपन्देही आउनु भएकाले पार्टीले उहाँको बधाई तथा सम्मान कार्यक्रम समेत राखेको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी दिए । खाणको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
