images

बुधवार, बैशाख १२ गते २०८१

मोतिपुर घटनाका मुख्य नाईके साविर मुसलमान प्रहरी नियन्त्रणमा 

मोतिपुर घटनाका मुख्य नाईके साविर मुसलमान प्रहरी नियन्त्रणमा 

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • मोतिपुर घटनाका मुख्य नाईके साविर मुसलमान प्रहरी नियन्त्रणमा 

    भैरहवा, २ कात्तिक ।
    मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्ने तथा कब्जा गर्न उक्साउने गिरोहका मुख्य नाईकेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी जग्गा कब्जा गर्ने तथा कब्जा गर्न उक्त स्थानमा गैरकानूनी रुपमा भेला गराउने तथा असोज २४ गते ४ जनाको ज्यान जाने गरी घटेको घटनाका मुख्य दोषीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकद्धारा निषेधित क्षेत्र घोषणा भई निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धमा असोज २४ मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल बुटवल ११ देवीनगरमा डेरामा बस्ने ४४ वर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । 

    प्रहरीले मुसलमानमाथि सरकारी जग्गा अतिक्रमणको लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईन्यूटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको आरोप लगाएको छ । मुसलमानलाई कार्तिक १ गते राती साढ ८ बजे डेराबाटै नियन्त्रणमा लिएको र आज २ गते ईलाका प्रहरी कार्यालय बुटवल बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए। 

    उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनका लागि म्याद थप भइ अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए । मुसलमानको डेराबाट ब्यानर ३ थान, माईन्यूटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बरसहितको नामावली उल्लेख भएको कागजातहरु १३ थान, बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij