२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

एमालेले डाक्यो स्थायी कमिटी बैठक

बुधवार , कार्तिक ३, २०७८

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)ले भोलि  स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ । 

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय  तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ । रासस