images

शुक्रवार, चैत्र १६ गते २०८०

इन्शाल्लाहमा ऋतिक रोशनसँग आलिया भट्टको जोडी 

इन्शाल्लाहमा ऋतिक रोशनसँग आलिया भट्टको जोडी 

images
images
images
शुक्रवार, कार्तिक ५ २०७८
शुक्रवार, कार्तिक ५ २०७८
  • इन्शाल्लाहमा ऋतिक रोशनसँग आलिया भट्टको जोडी 

    काठमाडौं, ५ कात्तिक। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन्। यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन्।

    यिनै सञ्जयले केही समय अगाडि ुइन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए। घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम अझै सुरु हुन सकेको छैन । सलमान पनि अन्य प्रोजेक्टमा व्यस्त छन् । सञ्जयले आलिया भट्टलाई लिएर गंगुवाई कठियावाडीु निर्देशन गरिसकेका छन्। उनी अहिले नेटफ्लिक्सका लागि हिरामन्डीु सिरिज बनाउने तयारीमा छन् । 

    यसपश्चात उनी रोकिएको प्रोजेक्ट ुइन्शाल्लाहु को काम अगाडि बढाउने तयारीमा छन्। उनले फिल्मका लागि गुजारिसु मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन्।

    पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन। दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ। आलिया पछिल्लो समय सञ्जयको निकट अभिनेत्री बन्दैछिन् भने ऋतिकलाई पनि लभस्टोरी मन परेको छ।

    पछिल्ला फिल्महरूमा सञ्जयको कन्टेन्ट बलियो देखिएको छ। यसैले गर्दा पनि बलिउडका एक्टर र एक्ट्रेस सञ्जयसँग काम गर्न चाहन्छन। ऐश्वर्या राय, माधुरी दीक्षित, दीपिका पादुकोणको करियरमा सम्झिने फिल्म सञ्जयले दिएका छन्। 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij