२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

सोमवार , कार्तिक ८, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ८ कात्तिक। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।