
सोमवार , कार्तिक ८, २०७८
भैरहवा, ८ कात्तिक ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा राष्ट्रियसभाको प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर १ र कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नम्बर २ जोड्ने कोठी नदी जोड्ने पुलको शिलान्यास गरेका छन् । सो झोलुङ्गे पुल करिब १ करोड १० लाखको लागतमा बन्न लागेको बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खिमलाल भट्टराईले रुपन्देही र कपिलवस्तु जोड्ने गैडहवा र कपिलवस्तुको शुद्धोधन गाउँपालिका जोड्न यो पुल निर्माणसंगै धेरै लामो घुमेर यात्रा गर्नुपर्ने बाध्यता नहुने बताए । उनले यो पुल निर्माणमा स्थानीय सबैलाई सहयोग गरेर गुणस्तर काम भए/नभएको जनताले चासो दिनुपर्ने बताए ।
नेता भट्टराईले पटकपटक चुनाव जितेकाले गर्न नसकेको काम नेकपा एमाले नेतृत्वको सरकारले विकास गर्दै आएको भन्दै अबको चुनाव काम गर्ने जनप्रतिनिधिलाई जिताएर विकास निर्माणमा लाग्नुपर्ने बताए । यहाँको सडक, विद्युत, कृषि, सिचाइको काम आफुहरुले गरेको भन्दै कामको आधार मा जनप्रतिनिधि छान्न उनले आग्रह गरे ।
कार्यक्रममा स्थानीयले धेरै वर्षदेखि पुल बन्छ भनेर आश्वासन दिने तर पुल नबाइदिने नेतालाइ अब कुनै भर नपर्ने भन्दै शिलान्याससंगै कामलाई निरन्तर दिने राष्ट्रियसभा सांसद भट्टराईलाई साथ र चुनावमा जिताएर पठाउने स्थानीयले बताए । पुल निर्माण हुने भएपछि स्थानीयमा खुसी छाएको अनेरास्ववियुका केन्द्रिय नेता सन्दिप गुप्ताले बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाका नेता र स्थानीयको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij