images
images

आइतवार, जेठ ६ गते २०८१

नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शंकराचार्य

नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शंकराचार्य

images
images
images
मंगलवार, कार्तिक ९ २०७८
मंगलवार, कार्तिक ९ २०७८
  • नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शंकराचार्य

    सिद्धार्थनगर, ९ कात्तिक ।
    भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् ।

    images
    images
    images

    भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दावी छ ।

    भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, भुटान र तिब्बतको हिस्सा हँुदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, “पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।”

    श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुव्र्यसनबाट मुक्त ह्ुँदै आर्थिक रूपले पनि सम्पन्नशाली हुँदै जाने बताए । उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अंगीकार भएको बताए ।

    नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको उक्त धर्मसभामा शंकराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शंकर खराल, डा. चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij